Logo

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो



काठमाडौं, १९ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । आज संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख ११ हजार पुगेको हो ।

विश्वभर संक्रमितको संख्या ६ करोड ५५ लाख पुगेको छ । जसमध्ये ४ करोड ५३ लाख संक्रमणमुक्त भएका छन् । एक करोड ८६ लाख सक्रिय संक्रमित छन् ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा २ लाख ८२ हजारको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ एक करोड ४५ लाख संक्रमित संख्या पुगिसकेको छ ।

भारतमा ९ लाख ५७ हजार संक्रमित मध्ये एक लाख ३९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ६४ लाख संक्रमितमध्ये एक लाख ७५ हजारको मृत्यु भएको छ । रुसमा २३ लाख संक्रमितमध्ये ४१ हजारको मृत्यु भएको छ । फ्रान्समा २२ लाख संक्रमितमध्ये ५४ हजारको मृत्यु भएको छ ।

नेपालमा २ लाख ३७ हजार ५ सय ८९ संक्रमितमध्ये १५ सय ५१ को मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्