Logo

सम्झनाको बलात्कार गरी हत्या गर्ने बोहर कोरोना भई अस्पतालमा राखिदा फरार



काठमाडौं, १९ मंसिर । १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राऊ परी र्पुपक्षका लागि कारागार चलान भएका राजेन्द्र बोहरा फरार भएका छन् । कोरोना भाइरसको संक्रमणपछि अस्पतालको आइसोलेसनमा राखिएकामा उनी त्यहाँबाट भागेका हुन् ।

प्रहरीका अनुसार डोटी जिल्ला अस्पतालको आइशोलेशनबाट हिजो बोहरा फरार भएका हुन् । उनको खोजी कार्य भइरहेको जनाइएको छ ।

बोहरा कम उमेरको भएकाले कारागारमा नभई बाल सुधार गृहमा राखिएका थिए । त्यहाँ उनी कोरोना संक्रमित भएपछि अस्पतालको आइशोलेनमा राखिएका थिए ।

बोहरामाथि बालिका सम्झना कामीको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरेको अभियोग छ । यो घटनाले राष्ट्रिय चासो पाएको थियो । हत्याको विरोधमा प्रदर्शनहरु समेत भएका थिए ।



प्रतिक्रिया दिनुहोस्