Logo

बालिकाको संवेदनशील अंगमा औँला घुसाएर करणी गर्ने हरिशरण गिरी पक्राउ



मंसिर १९, काठमाण्डौ । मकवानपुरमा बालिकालाई जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी मुद्धा दायर गरेर अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय मनहरीले २ वर्षीय बालिकालाई करणी गर्ने हरिशरण गिरीलाई पक्राउ गरेको हो ।

मंसिर १५ गते साँझ ५ बजे मनहरी गाउँपालिका वडा नम्बर १ घरेटीटोल बस्ने बालिका आफ्नै घरमा खेलिरहेको अवस्थामा निज गिरीले चकलेट दिइ फकाएर करणी गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । पिडक गिरीले बालिकाको सुरवाल खोली संवेदनशिल अंगमा औला घुसाई करणी गरेको ईप्रका मनहरीले जनाएको छ ।

बालिकाको परिवारले १७ गते प्रहरीमा उजुरी गरेपछि गिरीलाई पक्राउ गरिएको थियो । आरोपी गिरीलाई जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी अनुसन्धान गरिदैछ ।

घटना विवरण :



प्रतिक्रिया दिनुहोस्