Logo

नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप



काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएकी छिन् । उनीसँग समन्वय गरी प्रधानमन्त्री केपी शर्मा ओलीनिकटस्थ नेताहरु पनि सक्रिय भएका छन् ।

आज विहान उपप्रधानमन्त्री इश्वर पोखरेल खुमलटारस्थित प्रचण्डनिवास पुगेर विवाद समाधानको विषयमा गम्भीर कुराकानी गरेका छन् । उनले कुरा मिलाउन विकल्पका बारेमा समेत छलफल गरे । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई एकसाथ राखेर समस्या हल गर्ने माहोल मिलाउन पनि पोखरेललगायतका नेताहरु सक्रिय भएका छन् ।

प्रचण्डसँग भेटेपछि पोखरेल सिधै शितलनिवास पसेका छन् । उनले राष्ट्रपति भण्डारीसँग ओली र प्रचण्डलाई एकै ठाउँमा राखेर कुराकानी गराउने प्रयास गरिरहेको बुझिएको छ । राष्ट्रपति भण्डारीले पनि यही पहल गरिरहेकी छिन् ।

यसअघि भण्डारीले बिहिबार विहान प्रधानमन्त्री ओलीसँग दुई घन्टा छलफल गरी साँझ प्रचण्डसँग कुराकानी गरेकी थिइन् । तर, त्यो भेटले कुनै निष्कर्ष निकाल्न सकेन ।



प्रतिक्रिया दिनुहोस्