Logo

सुनको मूल्य दैनिक रुपमा उकालो लाग्दै, तोलाको कति ?



काठमाडौँ, १९ मङ्सिर। सुनको मूल्य दैनिक रुपमा उकालो लागिरहेको छ । मंसिर १९ गते, शुक्रबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाला सुन ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भई प्रतितोला ९२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि निरन्तर रुपमा बढिरहेको छ । शुक्रबार तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच हुँदैछ । यसअघि बिहीबार चाँदी तोलामा २० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।-मेरोलगानी/File photo



प्रतिक्रिया दिनुहोस्