Logo

नेवानिको हङकङ उडान फेरि प्रतिबन्धः यता कोरोना नेगेटिभ उता पोजेटिभ



काठमाडौं, १९ मंसिर । नेपाल वायु सेवा निगमको हङकङ उडानमा चौंथोपटक प्रतिबन्ध लागेको छ । उडानबाट हङकङ पुगेका पाँच जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङ सिभिल एभिएसनले १५ दिन उडान प्रतिबन्ध लगाएको हो ।

नेपालको सरकारी प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गरी नेगेटिभ नतिजा आएका यात्रुको शंका लागी परीक्षण गर्दा हङकङमा पोजेटिभ देखिएको हो । त्यसलगत्तै हङकङ सिभिल एभिएसनले आफ्नो नियमानुसार कारबाहीस्वरुप उडान प्रतिबन्ध लगाएको हो । अब २ पौषसम्म निगमको जहाज हङकङ उडान गर्न पाउनेछैन ।

यसअघि निगमको यात्रु हङकङ पुगेपछि कोरोना भाइरसको परीक्षणबाट पोजेटिभ देखिएपछि तीनपटक प्रतिबन्ध लागिसकेको छ । विदेशमा जाँदा कोरोना भाइरसको पोजेटिभ देखिनथालेपछि सरकारले यात्रमा जाँदा कोरोना भाइरसको टेष्ट गर्नुपर्ने अवस्थमा सरकारी प्रयोगशालामा अनिवार्य गर्न लगाएको थियो । हवाई उडानमा ७२ घन्टा अघि कोरोना परीक्षण गरिएको रिपोर्टलाई मान्यता दिने गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्