Logo

सौर्य सिमेन्टको चुनढुंगा खानीमा बम बिष्फोट



काठमाडौं, १९ मंसिर । सौर्य सिमेन्टको चुनढुंगा खानीमा अज्ञात समूहले बम बिष्फोट गराएको छ । गएराति कटाीस्थित खानीमा बम बिस्फोट भएको हो । घटनामा पाँचजना मजदुर घाइते भएका छन् । स्काभेटर र मोटरसाइकलमा पनि ठुलो क्षति पुगेको छ ।

घाइतेहरुमा दुर्गाबहादुर तामाङ, शिवशंकर मोक्तान, नविन मगर, विष्णु मगर र सागर मोक्तान घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको उपचार भइरहेको छ ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन । तर, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि आशंका गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्