Logo

दुर्घटना टार्न प्रधानमन्त्री ओलीका विश्वासपात्रहरुको दौडधुप



काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्र दुर्घटना रोक्न अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र नेताहरु सक्रिय भएका छन् । उनीहरुले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरी समस्या समाधानको विकल्पबारे छलफल गरेका छन् ।

ओलीलाई आज विहान उपप्रधानमन्त्री इश्वर पोखरेलले भेटेका थिए । भेटमा सचिवालयमा प्रस्तुत दुवै अध्यक्षको प्रस्ताव फिर्ता लिई साझा प्रस्ताव लानेबारे कुराकानी गरेका थिए । तर, प्रचण्ड त्यसमा सहमत नभएको बुझिएको छ । उनले पार्टी कमिटीको निर्णय अनुसार जानुपर्ने जवाफ दिएका थिए ।

बिहिबार प्रचण्डसँग महासचिव विष्णु पौडेलले पनि भेटेका थिए । उनले विभिन्न विकल्पबारे परामर्श गरेका थिए ।

प्रचण्डसँग बिहिबार नै स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि भेटेका थिए । उनले पनि सहमतिको बिन्दु र सम्भावनाबारे छलफल गरेका थिए । तीनैजना ओलीका विश्वासपात्र नेताहरु सक्रिय भएपनि प्रचण्ड ब्याक हुने छाँटकाँट देखाएका छैनन् ।

भोलि सचिवालय बैठक डाकिएको छ । तीन दिनको समय राखेर डाकिएको बैठकमा अध्यक्ष ओली सहभागी हुने सम्भावना अहिलेसम्म छैन । यसले नेकपाभित्रको विवादलाई अझ जटिलतातर्फ धकेल्ने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्