Logo

खाद्य पद्धार्थको मूल्य विश्वभर छ वर्षकै उच्च



एजेन्सी, १९ मंङसिर । विश्वभर खाद्य पदार्थको मूल्य लगभग ६ वर्ष यताको उच्च भएको छ । राष्ट्र संघको खाद्य तथा कृषि संगठनले बिहिबार यसबारे जानकारी दिएको हो ।

यस वर्षको नोभेम्बर महिनामा फूड प्राइस इन्डेक्स १०५.० रहेको छ । यो गत महिना अक्टोबर महिनाको भन्दा ३.९ प्रतिशतले बढेको छ भने यो तथ्यांक सन् २०१९ को तुलनामा ६.५ प्रतिशतले बढेको छ ।

रिपोर्टका अुनसार उक्त तथ्यांक सन् २०१४ पछि उच्च बिन्दुमा पुगेको जनाइएको छ । त्यसैगरी गेडागुडीको मूल्य अक्टोबर महिना भन्दा २.५ प्रतिशतले बढेको छ । त्यसैगरी, चिनीमा ३.३ प्रतिशतले बढेको छ । मासुको मूल्य भने गत महिना भन्दा ०.९ प्रतिशतले बडेको तथ्यांकले देखाएको छ । त्यसैगरि डेरीको मूल्य ०.९ प्रतिशतले बढेको छ । उक्त तथ्यांक १८ महिनाकै उच्च बिन्दूमा पुगेको छ ।

खाद्य तथा कृषि संगठनले उच्च बिन्द्रमा मूल्य पुगेको कारण कोरोना महामारी र मध्य अमेरिकामा तूफान र अफ्रिकामा बाढी रहेको बताइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्