Logo

स्वास्थ्य सामग्री प्रदान



सप्तरी, १९ मङ्सिर: राजविराज कारागारमा रहेका कैदीबन्दी, प्रहरी र कर्मचारीका लागि आज राजविराज जेसिजले स्यानेटाइजर, सेनेटरी प्याड र मास्क वितरण गरेको छ ।

नेपाल जेसिजका पूर्वकार्यकारिणी उपाध्यक्ष शङ्कर शारदा र राजविराज जेसिजका अध्यक्ष पुनम पोखरेलले कारागारका निमित्त प्रमुख सञ्जयकुमार रामलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

जेसिज सप्ताहको दोस्रो दिनको अवसरमा हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा १० लिटर स्यानेटाइजर, चार कार्टुन मास्क र ४० पोका सेनेटरी प्याडलगायत रहेको कार्यक्रम संयोजक सिद्धार्थ तातेडले जानकारी दिए ।

कारागारका निमित्त प्रमुख रामका अनुसार कारागारमा एक आश्रित बालक र १७ महिलासहित ३७० जना कैदीबन्दी छन् ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्