Logo

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ



कास्की, १९ मंसिर । विभिन्न मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी माछापुच्छ्रे तल्लो गाँउका खिम बहादुर क्षेत्री घटनाको १३ बर्षपछि पक्राउ परेका हुन् ।

जिल्ला अदालत कास्कीको २०६४ साउन ३० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्धामा ७ बर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको बताएको छ । उनलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला अदालत कास्कीको फैसलाले बन्यजन्तु सम्बन्धी कसुर मुद्धामा १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका एक जना र जुवा सम्बन्धी मुद्धा अन्तरगतका जरिवाना सजाय भएका आठ जना प्रतिवादीहरु समेत पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुलाई जिल्ला अदालत कास्की बुझाएको उक्त कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्