Logo

घाँस काट्न जाँदा बालिकालाई यौन दुव्र्यवहार गर्ने युवा पक्राउ



सप्तरी, १९ मंसिर । यौन दुव्र्यवहार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । ८ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको अभियोगमा कञ्चनरुप नगरपालिका–११ का दिपक गाईनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घाँस काटन गएको अवस्थामा ती बालिकालाई ललाई फकाई धारापानी पिकनिक स्थलमा लगि दिपकले यौन दुव्र्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बालिकालाई आफन्तको जिम्मा लगाउनुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्