Logo

शौचालय गर्दा सुनको टप लुटपाट



कपिलवस्तु, १९ मंसिर । सुनको टप लुटपाट गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । महाराजगंज नगरपालिका–३ चौहट्टीकी ५० वर्षीया महिलाको कानमा लगाइको एक जोर सुनको टप लुटपाट गरेको अभियोगमा सोही ठाउँका रामवृक्ष खटिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

आफ्नो घर नजिकै शौचालय गरिरहेको अवस्थामा बुधबार अपरिचित व्यक्तिले ती महिलाको आँखामा खुर्सानिको धुलो हाली कानमा लगाएको एक जोर सुनको टप लुटी फरार भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न खटिकलाई एक जोर सुनजस्तो देखिने पहेलो धातुको टप सहित फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्