Logo

माइक्रोबसमा पकेटमारी गरेको आरोपमा दुई जना पक्राउ



भक्तपुर, १९ मंसिर । पकेटमारी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । मध्यपुर ठिमी गठ्ठाघरस्थित बस स्टपबाट माइक्रोबस चढी रत्नपार्क जाने क्रममा गठ्ठाघर बस्ने एक पुरुषको नगद ५० हजार रुपैयाँ पकेटमारी गरेको अभियोगमा दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं बस्ने मोरङ् घर भएका २८ वर्षीय विकास राजबंशी र सिन्धुपाल्चोक बलेफी खाँडीचौरका २७ वर्षीय सन्तोष लामा रहेका छन् ।

उक्त रकम पकेटमारी भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले लामाको साथबाट पकेट मारेको नगद ५० हजार रुपैयाँ सहित फेला पारी उनीहरुलाई कौशलटार बस स्टपबाट पक्राउ गरेको जनाएको छ । उनीहरुमाथि चोरीको कसुरमा थप अनुसन्धान तथा कारबाही भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्