Logo

लागूऔषध सहित काठमाडौंबाट पाँच जना पक्राउ



काठमाडौं, १९ मंसिर । अवैध लागूऔषध सहित पक्राउ चार जना पक्राउ परेका छन् । काठमाडौं पवित्रनगरस्थित एमाउन्ट धौलागिरी ग्यारेजबाट ११ ग्राम अवैध लागूऔषध ब्राउनसुगर, नगद ७३ हजार रुपैयाँ, दुई थान डिजिटल तौल मसिन, एक थान मोटरसाइकल र चार थान मोबाइल सहित गोरखा घर भएका ३० वर्षीय राजु ढकाल लगायत चार जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त ग्यारेजमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी प्रभाग गोगबुबाट खटिएको प्रहरीले उक्त ब्राउनसुगर सहित फेला पारि उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

यसैगरी काठमाडौं सुविधानगरबाट २ सय ७० चक्की नियन्त्रित लागूऔषध नाइट्राभेट सहित भक्तपुर बस्ने काभ्रे कालढुङगा घर भएका २५ वर्षीय जिवन बोलखेलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध बिक्री गरिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको उल्लेख गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्