Logo

तैमुर सामाजिक सञ्जालमा सिकार भएपछि सैफ अली खान बोले



एजेन्सी, १९ मंसिर । बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करीना कपुरको छोरा तैमुर अली खान बलिउडको फेवरेट स्टार किड्स मध्ये एक हुन् । केही दिन अगाडि तैमुरको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा उनी आफ्नी आमा करीनाको साथमा माटोको भाडा बनाउँदै थिए । तैमुर माटोमा खेलेको तस्वीरको कारण सिकार भएका थिए ।

यस विषयमा सैफ अलि खान पनि बोलेका छन् । उनले एक अन्र्तवार्तामा बोल्दै तैमुरविरुद्ध सामाजिक सञ्जालका यस्ता कमेन्टले केही फरक नपार्ने बताएका हुन् । ‘म भाग्यमानी हुँ मसँग यस्तो सानदार काम छ, यसमा चल्दै आज यस स्थानमा आउने मौका मिलेको हो ।’

सैफले भने, जो कोही पनि यति भाग्यमानी हुदैँनन् । ठुला शहरमा साना अपार्टमेन्टमा फ्रस्टे«ट हुन्छन् । मलाई थाहा छ यस्तो नकरात्मकता कहाँबाट आउछ । म यस्ता मानिसहरुलाई माफ गर्न सक्छु ।’

फिल्मको सुर्टिङमा परिवारको साथको विषयमा बोल्दै सैफले कामबाट फर्केर परिवारसँग भेट्दा खुशी लाग्ने पनि बताए । उनी हाल धर्मशालामा ‘भुत पुलिस’ फिल्मको सुर्टिङमा व्यस्त छन् । यसको साथै बन्टी र बबली २, आदिपुरुष र एक वेब सिरीज तान्डवमा पनि देखिदैछन् ।



प्रतिक्रिया दिनुहोस्