Logo

रितिक रोशनलाई लिएर सिद्धार्थ आनन्दले ‘फाइटर’ बनाउने



एजेन्सी, १९ मंसिर । बलिउड अभिनेता रितिक रोशनलाई लिएर सिद्वार्थ आनन्दले ‘बैग बैग’ फिल्मको निर्माण गरेका थिए । रितिकको काम सिद्वार्थलाई काम मन परर्यो र त्यसपछि दुवैजनाले ‘वार’ नामको एक एक्सन फिल्म बनाए । उक्त फिल्म २०१९ मा सबैभन्दा सफल फिल्म साबित भएको थियो ।

अब सिद्धार्थ र रितिक मिलेर नयाँ फिल्म ‘फाइटर’ बनाउने तयारी गरेको खबर बाहिर आएको छ । जसको सुर्टिङ २०२२ मा सुरु भई २०२२ सालको अन्त्यसम्ममा फिल्म रिलिज हुनेछ ।

एक सुत्रको अनुसार रितिकले ‘वार’ फिल्ममा सुर्टिङ गरिरहेको समयमा सिद्वार्थले फाइटर फिल्मको कहानी र आइडीया सुनाएका थिए । जसको पृष्ठभुमि फाइटर जेट थियो । रितिकलाई आइडिया मन पर्र्यो । लकडाउनको समयमा सिद्धार्थले कहानीमाथि काम सुरु गरे । रितिकले पनि महत्वपुर्ण आइडिया दिए र रितिकले सुपरविजनमा स्क्रिप्ट लेखिरहेका छन् ।

वर्तमान समयमा सिद्धार्थ ‘पठान’ फिल्म बनाइरहेका छन् । यो फिल्म २०२१ मा तिहार अगाडी सकिदैछ । यसपछि मात्र फाइटर सुरु हुनेछ । यो फिल्ममा एरियल एक्सन थ्रिलरमा रितिक लार्जर देन लाइफ भुमिकामा देखिनेछन् । फाइटरको काम सकिएपछि रितिक ‘कृष ४’ मा व्यस्त हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्