Logo

कसरी गायब भयो रणबीर र आलियाको ‘ब्रम्हास्त्र’ को ट्रेलर



एजेन्सी, १९ मंसिर । रणबीर कपुर र आलिया भट्टको फिल्म ‘ब्रम्हास्त्र’ २०२१ को सबैभन्दा बहुप्रतिक्षित फिल्ममध्ये एक हो । अयान मुखर्जीद्वारा निर्देशित यस फिल्मको फ्यानहरुले धेरै समयदेखि पर्खाइमा थिए । यो फिल्म ३ भागमा निर्माण हुने भएको छ । फिल्म निर्माता धर्मा प्रोडक्शंस र फाक्स स्टार स्टुडियोले फस्ट लुकको भिडियो सार्वजनिक गरेका थिए । फस्ट लुक सार्वजनिक भएको यस भिडियो आधा घन्टामा नै ट्रेन्डिङमा जादै थियो तर भिडियो अचानक युट्युबबाट डिलिट भयो ।

भिडियो हेर्न आतुर भएका फ्यानहरु रिसाएका छन् । किन यसरी आधा घन्टामा नै भिडियो हटाइयो भन्ने सवाल सबैको मनमा उठेको थियो ।

वास्तवमा फाक्स स्टार स्टुडियोजले भारतमा आफ्नो बिजनेस बन्द गर्ने फैसला गरेको छ । यसैकारण कम्पनीले सबै पेन्डिङ फिल्महरु दिल बचेरा, लुटकेस, सडक २ र लक्ष्मीलाई रिलिज गरिदिएको छ । अब एक मात्र अन्तिम फिल्म ‘ब्रम्हास्त्र’ हो । फिल्मलाई डिज्नीले फाक्स स्टारको स्टुडियोजको टेकओवर गरेको छ, यसकारण ‘ब्रम्हास्त्र’ फिल्मलाई डिज्नी फिल्म रिलिज गर्ने छ ।

केही दिन अगाडी ब्रहास्त्र फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गर्नको लागि प्लस हाटस्टारले करण जौहरसँग कुरा गरेको थियो । तर हालसम्म करणले अफरको बारेमा केही बताएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्