Logo

तीन वर्षदेखि पानी नपिउँदा पनि जिउँदै यी व्यक्ति



हामी सबैलाई थाहा छ पानी बिना धेरै दिनसम्म बाँच्न सकिदैन । तर अमेरिकामा एक व्यक्तिले तीन वर्षदेखि पानी नखाएको दाबी गरेका छन् । तैपनि, उनी स्वस्थ छन् । ती व्यक्तिको नाम पीटर फलक हो उनी पेशाले एक वेबकेम मोडल हुन् । पीटरले तीन वर्षदेखि यता पानी नपिएको बताएका छन् ।

पीटरलाई पानी नखाँदा सुरुमा समस्या आएपनि पछि विस्तारै–विस्तारै चकलेट मिल्क पिउन थाले र पानीको प्यास मेटिन थाल्यो । तीन वर्ष यता उनले फल र तरकारी मात्रै खाँदै आएका छन् । यसले पनि उनको शरीरमा पानीको आवश्यकता पुर्ति हुँदै आएको उनी बताउँछन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्