Logo

१८ महिनाको बालिका बलात्कार गर्नेलाई २ सय वर्षको जेल सजाय



अमेरिकाको एक पूर्व कोस्ट गार्ड मेम्बरलाई १८ महिनाको बालिकालाई बलात्कार गरेको कारण दुई सय वर्षको कैद सजाय सुनाइएको छ । सजाय पाउने कोस्टगार्ड एरिक मास्टर्सले बालिकाको बलात्कार गरेर भिडियो पनि बनाएका थिए ।

कैन्ट काउन्टी सर्किटको न्यायाधिस मार्कले २९ वर्षीय एरिकलाई यस्तो घीन लाग्दो काम गरेको कारण सैतान भनेर बोलाएका थिए । न्यायाधिसले यस्ता मास्टर्स जस्ता मानिसलाई समाजमा कदम राख्न नदिन पनि आग्रह गरेका थिए ।

मास्टर्सलाई २०१२ मा १८ महिनाको बच्चीलाई बलात्कार गरेको अभियोगमा ५० देखि २ सय वर्षसम्मको सजाय सुनाइएको हो । उनले ती बालिकाको हात बाँधेर बलात्कार गरेको भिडियो बाहिरिएको थियो ।

जानकारीको अनुसार यौन क्रियाकलाप गरेको भिडियो पछि गार्डले चाइल्ड पोर्नोग्राफी कारोबारीलाई बेचेका थिए । सजाय सुनाउँदै गर्दा आरोपितले माफी मागेका थिए । उनले मागेको माफीको कुनै सुनुवाई भएन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्