Logo

नेकपा विवादः प्रचण्ड र नेपाल समूहका युवाविद्यार्थी नेताको छुट्टै भेला



काठमाडौं, १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद चुलिइरहँदा त्यसको असर तल्लो तहसम्म पुगेको छ । युवा विद्यार्थीसम्म फाटो स्पष्ट हुनथालेको हो ।

ओली र प्रचण्ड पक्षको छुट्टै गुटगत भेलाहरु हुन थालेका छन् । आज अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरु थापाथलीमा भेला भए । उनीहरुलाई दुवै पक्षका नेताहरुले सम्बोधन पनि गरे ।

थापाथलीमा भएको भेलामा बाग्मती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य,स्थायी कमिटी सदस्य पम्फा भुसाल, केन्द्रिय सदस्य लेखनाथ न्यौपाने अनेरास्ववियुका तर्फबाट उपाध्यक्ष रञ्जित तामाङको उपस्थिति थियो । शाक्य नेपाल पक्षकी हुन् भने भुसाल प्रचण्ड पक्षधर हुन् ।



प्रतिक्रिया दिनुहोस्