Logo

आज थप १६ कोरोना संक्रमितको मृत्यु



काठमाडौं, १९ मंसिर । कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित १२ सय ७२ थपिएका छन् । आज १५ सय ७५ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ३८ हजार ८ सय ६१ संक्रमित भएपनि २ लाख २१ हजार ८ सय ४७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने  १५ हजार ४ सय ४७ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १७ लाख ७१ हजार ९ सय ५० जनाको पिसीआर परिक्षण भएको छ भने १५ हजार ४ सय ४७ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ५ सय ३७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्