Logo

उपत्यकामा आज ६०६ संक्रमित थपिए



काठमाडौं, १९ मंसिर । काठमाडौं उपत्यकामा २४ घन्टामा ६०६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२ सय ७२ जनामा संक्रमित थपिएकोमा काठमाडौंमा मात्रै ६०६ जना थपिएका हुन् ।

आज उपत्यकामा थपिएका ६०६ जना मध्ये २४७ जना महिला र ३५९ जना पुरुष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै संक्रमण मुक्त भई २४ घन्टामो १५७५ जना डिस्चार्ज भएका छन् ।

आज ८ हजार ३१ जनाको पिसीआर परिक्षण भएको छ भने देशभर संक्रिय संक्रमितको सख्या १५ हजार ४ सय ४७ रहेको छ । मन्त्रालयको अनुसार ५ सय ३७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै आइसोलेशनमा १५ हजार ४ सय ४७ जनाको उपचार भैरहेकोे छ ।



प्रतिक्रिया दिनुहोस्