Logo

गुर्जो प्रभावकारी छ मैंले पनि वितरण गरेः उद्धव खरेल, मेयर, बुढानिलकण्ठ नगरपालिका



जनसंख्याको आधारमा नेपालकै दास्रो ठूलो नगरपालिकाका बुढानिलकण्ठ नगरपालिकाका परिचित छ । यस नगरपालिकामा आधा भन्दा बढी जनसंख्या विभिन्न स्थानबाट आएर बसोबास गरेका छन् भने अन्य उच्च व्यक्तित्वहरु बसोबास गर्दै आएका छन् । बुढानिलकण्ठ नगरपालिकालाई भविष्यमा सुन्दर स्वच्छ, शान्त र आत्मनिर्भरसहितको पर्यटकीय नगरीको रुपमा विकास गरिने लक्ष्य लिइएको बताउँछन् मेयर उद्धव खरेल । उनीसँग यसै विषयमा गरिएको कुराकानीः

तपाईहरुले जुन विभिन्न कार्यक्रम गरिरहँदा समय समयमा यो कोभिडलाई मध्य नजर गरेर वा कोभिड नियन्त्रण गर्न विभिन्न जडिबुटी वितरण गरिरहेका हुनुहुन्छ । आजपनि तपाईहरुले गुर्जौ वितरण गर्नुभयो, यो कस्ता खालको वर्गलाई वितरण गर्नुभयो र यसको बारेमा के छ ?

मानिसको शरीर मरणशील हो भन्ने गरिन्छ । मानिसले आफ्नो शरीरलाई सबैभन्दा पहिले माया गर्नुपर्छ । त्यसपछि अरुलाई माया गर्नुपर्छ । त्यसकारण शरीर सन्चो भएन भने राम्रो गर्न सकिदैँन, त्यसकारण विभिन्न रोगहरु लाग्न सक्छ । महामारीको बेलामा रोग कस्तो हुन्छ ? महामारी कस्तो हुन्छ भन्ने बारेमा नयाँ पुस्ताले धेरै वर्ष पछि सिक्न र जान्न अनुभव गर्न पाएको छ । यसै सन्दर्भमा आ आफ्नो देशका आ आफ्नो विशेष्ता, योजना अनुसार महामारीको रोकथाममा लाग्ने गर्दछ । र, हाम्रो भारत वर्षमा रहेको नेपाल एकदम प्राचीन संस्कृती, सम्पदा र हाम्रा विभिन्न किसिमका शास्त्रहरुले हाम्रो नेपाललाई विश्वमा प्राचीन मूलूकको रुपमा चिन्ने गर्दछ । त्यसकारण हाम्रो पनि रोग लागेपछि हामीसंग थुप्रै किसिमका आयुर्वेदिक औषधीहरु छन् । तर, अहिले विश्वमा मानिसहरु छिटो र छरितो उपचार गर्न मेडिकल साइन्सले प्राथमिकता पाएको छ ।

जब महामारी भयो, जब उपचार गर्न गाह्रो भो वा उपचार गर्न नसकिने अवस्था भयो मानिसहरुले आफ्नो मौलिकता र आफ्ना विधीहरु खोज्दो रहेछ । यही अवस्थामा हामीसँग रहेका, हामलिे प्रयोग गर्दै आइरहेका विधिहरु, वनस्पति, प्राकृतिक वस्तुहरुबाट आफूलाई निरोगी बनाउन कोसिस गरिरहेको अवस्थामा यो धेरैले नाम नसुनेको प्रयोगमा नआएको ठाउँ ठाउँमा भइपनि यस्को महत्व नरहेको अवस्थामा गुर्जौ भन्ने नाम चाही प्रचारमा आयो र यो पतञ्जलीले पनि यसलाई गिलोए भन्ने गर्दछ ।
गिलोए भनेको के रहेछ भन्ने विषयमा मलाई पनि अलि थाहाँ थिएन् । मैंले हेरे यसलाई संस्कृतीमा अम्रिता भन्दा रहेछ, गुर्जौ भन्दो रहेछ । यो चाही मानिसहरुको शरीरको रोग संग लड्ने क्षमता र आफूलाई बलियो बनाउने क्षमता बृद्वि गर्ने गर्नको लागि यसले मद्दत गर्छ भन्ने कुराको जानकारी आम मानिसले यस्को जानकारी पाए । जानकारी पाएपछि मानिसहरुलाई यस्को चासो भयो । चासो भइपछि यस्को प्रर्वधन गर्दा खेरी राम्रो हुन्छ भन्ने लाग्यो हामीले पनि भन्यौ र मैलै पनि विभिन्न ठाउँबाट ल्याएर यहाँ राखेर वितरण गरे । झण्डै २५ के जी भन्दा बढी मैलै वितरण गरे । मैलै आव्हान पनि गरे की गुर्जौ कहाँ छ ल्याइदिनु पर्यो । हाम्रो जङ्गलमा पनि रहेछ । तर, सबैले धेरै खाने पनि हैन् यसलाई औषधीको रुपमा प्रयो गर्ने । पर्याप्त रुपमा प्रयोग गर्नका लागि हामीले प्रयास गर्यौँ । यसै सन्दर्भमा हाम्रो कमल बहादुर राजभण्डारी लगायत अन्य मानिसहरुले हाम्रो नगरपालिकामा पनि वितरण गरेका थाहाँ पायौँ । हामीलाइृ खबर भयो हामीले ल्याइदिनु पर्यो भनेर भन्यौँ । यहाँहरुले हजार विरुवा ल्याएर वितरण गर्नुभयो । यसलाई जानेर खाँदा बेफाइदा हुँदैन् भने हामी चाही विभिन्न चिज, मसला खान्छौँ दैनिक उपभोगमा खाने बस्तुहरु धुलो बनाएर बिहान बिहान चीया सित, दूध सित र तातोपानीसित मिसाएर खाँदा स्वास्थ्यलाई लाभ हुन्छ । यसे मानिसहरुलाई निरोगी बनाउन मद्दत गर्नेछ । हाम्रो स्वास्थ्यमा नारा के हो भने सर्वशुलभ औषधी, उपचार र निरोगी नागरिक अब सजिलो संग स्वास्थ्य उपचार र सेवा र स्वास्थ्य परामर्श प्राप्त गर्न पर्छ र निरोगी हुनुपर्छ । हाम्रो उद्देश्यमा यो एउटापनि महत्वपूर्ण सावित हुनेछ ।

गुर्जौको विरुवा वितरण गर्ने भनेर सिरपोर्टर्स क्लबका अध्यक्ष अशाक धमला ज्युले इच्छा व्यक्त गर्दा मैलै ल आउनुस भनेर आज ल्याउने काम भयो र, उहाँहरुले २५ सय विरुवा ल्याउनु भयो र आमीलाई उपलब्ध गराउनु भएछ । हामी सबैलाई यो वितरण गर्ने छौँ । सबै आम नगरबासीहरुले जतनसाथ लगेर हुर्काएर आवश्यकता अनुसार बिहान बिहान उपभोग गर्दा फलदायी हुनेछ । यो थोरै तितो हुन्छ स्वादिलो हुँदैन, नुनिलो बनाउन थोरै नुन राखेर खाँदा हुन्छ । जिब्रोको स्वादलाई प्राथमिकता नदिइकन यो जीवन बाच्नका लागी र महत्वपूर्ण औषधी साधनको रुपमा बानी व्योहोरामा परिवर्तन गर्नुपर्छ । बूढानिलकण्ठ नगरपालिकामा आज मंङसिर १९ गते २५ सय विरुवा वितरण प्राप्त गरेका छौँ । सबै जना गुर्जौ लिनका आफ्नो वडामा सम्पर्क गर्नु होला । हामी वितरणका लागि तयार छौँ ।

यहीबाट बाँड्नु हुन्छ की आफ्नो वडा कार्यालयबाट ?

प्रत्येक वडामा एक एक वटा पठाउनु पर्यो र अरु यहाँबाट बाड्ने कुरा गर्नु पर्यो । प्रत्येक वडामा हामी सय, दूई सय पठाउने अरु यहीबाट बाँड्ने ।

यो संगै अब सबै ठाउँमा महामारीको अवस्था छ, कोरोना नियन्त्रणका लागि नगरपालिकाले कस्तो खालको भूमिका खेल्यो । र, यहाँ बिरामीहरुको अवस्था कस्तो छ, कति संक्रमित छन्, कति निको भएका छन् त्यो अपडेट गराइदिनुन ?

संसारमा जस्तै नेपालमा पनि यस्को संक्रमण चलिरहेको छ । र, विशेष गरी काठमाडौँमा यसको संक्रमण दर बढीरहेका देखिन्छ । काठमाडौँका घना नगरपालिकाहरुमा यस्को दर अत्याधिक रहेको छ । त्यसतै बूदानिलकण्ठ नगरपालिका पनि दैनिक रुपमा ३० ४० जना मानिसहरुमा संक्रमण देखिन्छ । र, निको पनि त्यतिकै भइरहेको छ । हिजो सरकारले व्यापक रुपमा पिसिआर टेस्ट गर्ने अभियान आमीले चलायौँ । त्यो अभियानको दुरुपयोग भयो की जस्तो हामीलाई लायो। सरकारले पनि पिसिआर टेस्टमा आवश्यकता र औचित्यको आधारमा पिसिआर योजना सुरु गर्यो । अहिले लक्षण हुने, देखिनहरु टेस्ट गर्न जानु हुन्छ । टेस्ट गरेपछि विभागमा त्यसको रिपोर्ट जान्छ र विभागले हामीलाई रिपोर्ट दिन्छ । र रिपोर्ट अनुसार सबै मानिसहरुलाई काउन्सेलिङ गर्छौ । उहाँहरुलाई केही समस्या परेमा नगरपालिकामा सम्पर्क गर्न भनेका छौँ । यसको लागि हाम्रो हरेक वडामा प्रतिनिधी र स्वास्थ्यकर्मीहरु हुनुहुन्छ । अहिले कसैको गुनासो पनि सुनिदैँन, पहिले धेरै गसनासो सुनिन्थ्यो । आम मानिसले यो महामारीलाई आत्मसाथ गरेर यसको विरुद्वमा लड्नु भइरहेका छन् । अहिले झण्डै झण्डै दूई सय मानिसहरु आइसोलेशनमा हुनुहुन्छ । ५० भन्दा बढी उमेर पुगेका मानिसहरु अस्पताल भर्ना भएका छन् ।र , केही मान्छेहरुको मृत्यु पनि भइरहेको छ । अलिे परिक्षण कम भएरपनि दर घटेको छ । विस्तरै यसलाई आत्मसाथ गर्दै यसलाई जित्न तर्फ लागीरहेका छौँ । आम नागरिकले यो कोरोना भाइरस चाही एक किसिमको जिवाणुबाट हामीलाइृ हुनसक्ने संक्रमण र हुनसक्ने पिडाबाट बच्नको लागि अहिलेदेखि सुरक्षित भएर आफ्नो ठाउँबाट आफ्नो शरीरलाई स्वस्थ पार्न गरम तत्वको उपभोग गर्न जरुरी देखिन्छ । तातोले यसलाई नियन्त्रण गर्न सकिन्छ ।

अब सक्ने व्यक्तिले त यसको उपचार सजिलै गरिहाल्छ लाखौँ खर्च गरेरपनि गरिहाल्छ तर, विपन्न र काजोर वर्गका मानिसहरुका लागि नगरपालिकाको तर्फबाट के हुन्छ त पहल?

हैन संसारमा संसारभर सक्ने मानिसहरुले पनि गर्न सकेको छैन् । यो महामारी भनेको कसैको बसमा हुँदैन् । यसलाई नियन्त्रण गर्न धेरै गाह्रो हुन्छ । हामी जस्तो शाधन स्रोत कम भएको, व्यवस्था राम्रो नभएको विकास भइ नसकेको देशमा स्वभाविक रुपमा यसले असर पार्छ । धनीहरुलाई जो संग आफ्नो क्षमता छ तेस्ले गर्नुपर्यो नि त । हो राज्य गर्दा सबैलाई गर्न सक्नपर्छ । महामारीको बेला गर्न नसकेको देखियो नि त । अस्पतालमा बेड खाली नभएको, उपचार गर्न नसकेको, गर्दा गर्दै डाक्टरहरु नै वितेको यस्ता खालको समस्याबाट चै कसैले जादू गर्न सक्दैन । हामी असक्त असाहाय, गरिब, दुखीलाई कुनै समस्या पर्यो भने नगरपालिकालाई पनि साथमा छ । सरकारले पनि उसको सम्पूर्ण काम अहिलेपनि गरिरहेका छ । काभिड अस्पतालमा उपचार पनि गरिरहेका छ । सरकारले पनि त्यही भनेको छ । हामी स्थानीय तह बालाहरुले पनि कोहीले म उपचार गर्न सकिन भने आमी उहाँहरुको पक्षमा रहने छौँ ।

त्यसको अर्थ अलिकति विपन्न वर्गलाई रोगसँग जुधेर मर्नुपर्ने अवस्था हुँदैन?

उपचार नपाएर कोही पनि मर्ने अवस्था छैन् । कहिले काहीँ पैसा खर्च गर्दा गर्दै पनि मानिसको मृत्यु हुन्छ । त्यसकारण रोग लाग्नै दिनु भएन् । मास्क लगाउनु पर्यो, हात धुनुपर्यो । अब त्यो चाही नगर्ने लखर लखर हिड्ने आइसक्रिम खाने, रक्सी खाने छाडा गरेर हिड्ने हो भने त ध्यान दिने भएन भने त जान्छ । त्यसकारण आफ्नो शरीरलाई माया गर्नुस् । शरीर स्वस्थ भए मात्र संसार सुन्दर लाग्नेछ । शरीरलाई माया गर्न सक्नु भएन भने मृत्यु त अवश्य छ ।

यो नगरपालिका धार्मिक रुपमा पनि त्यातिकै महत्व राखेको नगरपालिका छ, पर्यटकिय हिसाबले पनि यस्को महत्व तेतिकै छ, अब यहाँ निर महामारीको अवस्था पनि छ। विदेशीहरु यहाँ भुम्न पनि रुचाउँछन् उहाँहरुको व्यवस्थापनका लागि तपाई हरुको के योजना रहेका छ ? स्वदेशी पर्यटकहरुपनि आउने होला उहाँ हरुका लागि के कस्तो व्यवस्था छ कसरी सुरक्षित गर्नुहुन्छ ?

अहिले चाहिं आन्तरिक पर्यटक नै हो विदेशी पर्यटकहरु निकै कम छ । बूढानिलकण्ठ मन्दिरको कारणले शिवपूरी अरियो पर्वत हुनाले याहाँ मानिसहरु आउनु हुन्छ घुम्नलाई । अब विस्तारै मनिदरहरु त बन्दै छन्, सांसंकृति पर्वहरु अहिले कम छन् । तर्सथ विस्तारै यो सहज हुँदै जाने छ । विस्तारै मानिसहरुले बुझ्दै जोन छन् । पर्यटकहरुका खान, बस्ने कुरा, होटल व्यावसायका कुराहरु, मन्दिरहरु खुल्ने कुरा, सामूहिक पकिनिकहरु, भेटघाट गर्ने कुरामा भिडभाड गर्न नहुने कारणले यसप्रति सरकारले नियन्त्रण गरेको छ । विस्तारै यो सहज हुँदै जाने छ । नगरपालिकाले आवशन गरेको छ । भिडभाड नगर्नुस, भोज पैसा भए जहिले खुआएपनि भो । म आफ्ै निमन्त्रणा पर्दा जाँदा खेरी आफूलाई असजिलो परेको अवस्था छ । यसकारण सबैलाई म अनुरोध गर्छु । अहिले थोरै मानिस बोलाएर भोज वा पर्व गर्दा कसैले केही भन्ने बाला छैन् ।

अन्तयमा मेयर ज्यु पनि धेरै ठाउँमा खट्टिनु हुन्छ जतापनि जान परिहाल्यो तपाईलाई कोरोनाले छोयो की छोएन अहिले सम्म?
बूढानिलकण्ठ नगरपालिकाका ७० जाना प्रतिनिधि मध्ये सबै भन्दा पहिले मलाई संक्रमणले छोयो । यहाँ म दैनिक काममा लागि रहेका थिए । त्यसपछि टेस्ट गर्नुपर्यो भनेर जबरजस्ती गर्नु भयो । मैलै केही भएको छैन् किन टेस्ट गर्ने भने मेरो ड्राइभरलाई अलि ज्वोरो आएको हुनाले मैलै पनि टेस्ट गर्नुपर्यो । टेस्ट गर्दा पोजिटिभ देखायो सबैभन्दा पहिले सिटी भाइरस ३५ बाट म संक्रमित भएको देखायो । मैलै यस विषयमा सुचना गरे र म चाहिं चौध दिन घरमा बसे त्यसबेला आन्तिरक रुपमा काम गरियो । मलाई खासै केही पनि भएन् । मलाई कुनै किसिमको गाह्रो भएन् । कतिपयलाई गाह्रो भएको छ । त्यसबेला कसैले हेलचेक्राईँ गर्नुभएन । कतिपय मानिसलाई अक्सिजनको मात्रा घट्न सक्ने हुन्छ । संक्रमण भएपछि कुनैपनि बेला श्वासप्रश्वासमा कमि आउन सक्छ । श्वासप्रश्वासमा समस्या नआए तपाईलाई केहीपनि हुँदैन् । श्वासप्रश्वासलाई मेन्टेन गर्यो भने अरु कुराले समस्या आउदैन । कतिपय मानिसहरुलाई श्वासप्रश्वासमा कमि आउँदा ढलेका थिए । हामीले महामारी आँठ नौँ महिना खेपी सक्यौँ । अझै यसबाट दूई चार महिना यसबाट सर्तक हुनुपर्छ ।

मन्दिर खोल्ने विषयमा हिन्दू सनातन धर्माबलम्बीहरुले मन्दिर नखुले आन्दोलन नै गर्ने चेतावनी दिएका छन् । मन्दिर चाही नखोल्ने तर, विदेशी पर्यटक जति पनि भित्राउन उहाँहरुले भनिरहेका छन् ?

यो संगसंगै जाने कुरा हो । संसारमा महामारी संग संगै राजनितीक कुरा पनि हुन्छ । कतिपय आग्रह पूर्वाग्रह यही बेलामा आन्दोलन जगाउन पाए हुन्थ्यो यदी कोरोना भाइरस लागेर उपचार गरेन भने पनि त्यही मान्छे, संक्रमण रोकेन भने पनि त्यही मान्छे, जुलुस निकाल्ने पनि त्यही मान्छे, सरकार परिवर्तन गर्नुपर्छ भन्ने पनि त्यही मान्छे । यो समाजमा विभिन्न गतिविधिहरु भइरहेका छन् । कतिपयले सत्ता नै पल्टाउने कूरा गर्छन् कतिपयले, वडा परिवर्तन गर्ने कूरा गर्छन् थरि थरिका आग्रह छन् सबैले धैर्य, सम्यम हुनुपर्छ । साकारात्मक नसोचेर नाकारात्मक कुरामाथि ध्यान दिएको छ । यसले हामीलाई ठिक ठाउँमा लादैनौ भने दूख पाउँछौँ । पिडा हुन्छ । खुशी प्राप्त गर्न सक्दिैन् ।



प्रतिक्रिया दिनुहोस्