Logo

जापानले कोरोना प्रभावित विकासशील मुलुकलाई साँढे ४ अर्ब डलरको सहयोग गर्ने



एजेन्सी, १९ मंङसिर । जापान सरकारले कोरोना प्रभावित विकाशसिल मुलुकलाई साँढे ४ अर्ब डलरको सहायता गर्ने भएको छ । उक्त विषयको जानकारी शुक्रबार दिएको हो ।

जापान सरकारले महामारी शुरु भए लगतै कोरोना प्रभावित मूलूकलाई महामारीबाट उन्मुक्ति पाउन विभिन्न काम गरिरहेको छ । महामारी प्रभावित विकासशील मुलुकलाई जापान सरकारले विगत महिनामा साँढे एक अर्ब डलरको सहायता गरिसकेको छ ।

विश्वलाई तत्काल महामारीबाट उन्मुक्ति पाउन खोप अत्यावश्यक देखिएको छ । जापानले सोही विषयलाई मध्यनजर राखेर कोभिड १९ क्राइसिस रेस्पोन्स इमरजेन्सी सपोर्ट लोनद्वारा साँढे ४ अर्ब डलरको सहायता गर्ने भएको छ । यस अन्र्तगतको वितरण प्रक्रिया सुरु भइसकेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्