Logo

कोरोना खोप प्रयोग गर्न बेलायत सरकारद्वारा अनुमति



एजेन्सी, १९ मंङसिर । सामान्य प्रयोगको लागी कोरोना खोपको अनुमति बेलायत सरकारले दिएको छ । अनुमति दिनासमथ बेलायत पश्चिमी मुलुको पहिलो देश बनेको छ । उक्त विषयको अनुमति बेलायत सरकारले बुधबार दिएको हो ।

संयुक्त राष्ट्रसंघद्वारा गरिएको भरच्युअल भेलामा युरेपेली मुलुकका उच्च पदाधिकारीहरुले विश्व स्वास्थ्य संकटलाई मध्यनजर राखी छलफल गरेका थिए । त्यस बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जयर बोल्सोनारोले आफ्नो सहभागिता जनाएका थिइनन् ।

बेलायतका स्वतन्त्र औषधी नियामक बायोटक फाइजरले सुरक्षालाई मध्येनजर राखी खोपलाई सामान्य प्रयोग गर्न अनुमति दिएको हो । कोरोना खोपले मानिसलाई सामान्य जीवनमा फर्काउन र अर्थतन्त्रलाई चलायमान बनाउन निकै मद्दत पुर्याउने बेलायतका प्रधानमन्त्री बोरिस जनसनले बताएका छन् । अगामी अप्तामा करिब ८ लाख डोज वितरण गर्ने बेलायती सरकारको याजना रहेको छ । बेलायत युरोपको अत्याधिक महामारीको चपेटामा परेको मुलुक मध्ये एक हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्