Logo

रुसी अन्तरीक्ष केन्द्रले अन्तरीक्षमा रहेका काम नलाग्ने वस्तुलाई समेटेर थ्री डी प्रिन्टिङमा प्रयोग गर्ने



एजेन्सी, १९ मंङसिर । रेगोलिथ र अन्तरीक्षका खराब तथा बेकार तत्वलाई भविष्यमा प्रयोग गर्ने गरी रुसी स्पेस एजेन्सी रोजकसमसले थ्री डी प्रिन्टिङ र रकेट सामाग्रीका लागि प्रयोग गर्ने भएको छ । उक्त विषयको जानकारी रोजकसमसका ओरबाइटल क्लसटर डेवलपमेन्टका प्रमुखले बिहिबार जानकारी दिएका हुन् ।

यसका लागि रोजकसमसले विभिन्न कार्यहरु गरिरहेको जनाइएको छ । रोजकसमसका प्रमुख भने,‘ हाम्रो लागी यो महत्वपूर्ण हो की स्पेसको बाहिरी सतहका सामाग्रीलाई अध्ययन गरी सही ढंगले यसलाई प्रयोग गर्नु उचित देखिएको छ ।’ यो रेगोलिथ वा स्पेसको बेकार सामाग्री कुनै पनि हुन सक्ने उनको भनाई थियो । उक्त सामाग्रीहरुले आगमी दिनमा रकेट निर्माण गर्न निकै प्रभावकारी हुने जनाइएको छ । डिजाइनरहरुका अनुसार नयाँ अंगारा क्यारियर रकेट निर्माण गर्न उक्त सामाग्री प्रभावकारी हुने बताइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्