Logo

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार भन्दा बढी



१९ मंसिर: भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार भन्दा बढी भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ ।

भारतमा बिहीबार थप ३६ हजार ५९५ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख ७१ हजार ५५९ पुगेको सो मन्त्रालयले जानकारी दिएको हो । जसमध्ये ९० लाख १६ हजार २८९ व्यक्ति संक्रमणमुक्त भएका छन् ।

सो मन्त्रालयका अनुसार हाल ४ लाख १६ हजार ८२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिनमा ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २७ औं दिन हो । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३९ हजार १८८ पुगेको छ ।

भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली रहेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ४७ लाख २७ हजार नमूना परीक्षण गरेको जनाएको छ ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्