Logo

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिन बाध्य नपारिनेः बाइडेन



एजेन्सी, मंसिर २०। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् ।

खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका आधारमा खोप लगाउने सम्बन्धमा निर्णय गर्ने अधिकार हुने बाइडेनले बताएका हुन् ।

यसअघि सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले पहिलोपटक घर भित्रै रहँदा पनि मास्कको प्रयोग गर्न सुझाव दिएको थियो । अमेरिका उच्च संक्रमणका दरको चरणमा प्रवेश गरेको भन्दै सिडिसीले घर भित्रै बस्दा पनि मास्क लगाउनु पर्ने बताएको हो ।

स्रो चरणको परीक्षणमा ९५ र ९४ प्रतिशत प्रभावकारी देखिएका फाइजर र मोदेर्नाका खोपले अमेरिकामा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति माग गरी फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनमा निवेदन दिएका छन् ।
बेलायतले फाइजरको खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । अमेरिकाले डिसेम्बरको मध्यसम्ममा स्वीकृति प्रदान गर्ने सम्भावना रहेको राजधानी दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्