Logo

ओली-प्रचण्ड पक्षको छुट्टाछुट्ट बैठक



काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक दिउँसो १ बजेका लागि तोकिएको छ । त्यस अगाडि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड गुटको छुट्टाछुट्टै बैठक बसेको छ ।

ओलीले बालुवाटारमा निकटस्थसँग भावी रणनीतिबारे छलफल गरेका छन् । आज बोलाइएको सचिवालय बैठकमा सहभागी नहुने ओलीको अडान छ । त्यसपछि उत्पन्न हुने परिस्थितिबारे ओलीले छलफल गरेको बुझिएको छ ।

यसैगरी, प्रचण्ड समूहको भेला खुमलटारमा बसेको छ । बैठकमा प्रचण्डसहित माधवकुमार नेपाललगायत नेताहरु सहभागी भएका छन् । प्रचण्डले आज सचिवालय बैठक डाकेर अगाडि बढ्ने प्रचण्डको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्