Logo

नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु



काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित सबै सचिवालय सदस्यहरु सहभागी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बालुवाटारमा शुरु भएको बैठकमा सबै नौ जना सचिवालय सदस्य रहेको जानकारी दिएका छन् ।

यसअघि धुम्बाराहीमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सहभागी हुन नहुनेबारे द्वुविधा थियो । बैठक बालुवाटारमा राख्नेमा सहमति भएपछि ओली सहभागी भएका हुन् ।

आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्तावबारे छलफल हुने बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्