Logo

ओली-प्रचण्ड संवादनहीनतामा आइसब्रेक, वन टु वन छलफल



काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच तीन हप्ता लामो संवादहीनतामा आइसब्रेक भएको छ । आज बालुवाटारमा ओली र प्रचण्डले एक्ला एक्लै कुराकानी गरेर लामो समेपछि भेटवार्ता गरेका हुन् ।

यसअघि सचिवालय बैठकमा दुवै नेता सभागी हुनेगरेपनि भेटवार्ता गरेका थिएनन् । सचिवालयमा दुवैले एक अर्कामाथि आरोप प्रत्यारोप गरेका थिए । यसले नेकपालाई संकटमा धकेलेको थियो ।

आज ओली र प्रचण्डबीच छलफल भएपछि सचिवालय बैठक बसेको छ । आजको बैठकमा दुवै नेताको राजनीतिक प्रस्तावमा छलफल भइरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्