Logo

रुस कोरोनाविरुद्धको भ्याक्सिन अभियान चलाउने पहिलो मुलुक, ४२ दिनभित्र सबै रुसीले पाइसक्ने



एजेन्सी, २० मंसिर । रुसले सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन सुरु गरेको छ । राजधानी मस्कोमा भ्याक्सिन धमाधम लगाउन सुरु गरेको हो ।

रुसी समाचार संस्था तासका अनुसार रुसमा अर्कोप्तासम्मा सबै क्षेत्रमा भ्याक्सिन लगाउन सुरु गरिनेछ । रुसी उपप्रधानमन्त्री टाटिआना गोलिकोभाको भनाई उदृत गर्दै तासले सैनिकहरुमा भ्याक्सिन अभियान चलिसकेको जनाएको छ ।

रुसले जनसंख्या, उमेर र जोखिममा काम गर्ने हेरेर भ्याक्सिन लगाउन थालेको छ । खतरामा काम गर्ने स्वास्थ्यकर्मी, शिक्षकलगायत भ्याक्सिन पाउने प्राथमिकतामा परेका छन् । रुसले ४२ दिनभित्र भ्याक्सिन अभियान पूरा गरिसक्ने लक्ष्य लिएको छ ।

यसअघि रुस कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्ने पहिलो मुलुक बनेको थियो । रुसको गेमिलियाले स्पुतनिक भी नामको भ्याक्सिन विकास गरेको थियो । –तस्बिर स्रोतः तास



प्रतिक्रिया दिनुहोस्