Logo

ओली गणतन्त्र र संघीयता सखाप पार्न लागे, तत्काल विकल्प नखोजे दुर्घटनाः राजपा महासचिव केशव झा



काठमाडौं, २० मंसिर । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल विकल्प नखोजिए राजनीतिक प्रणाली नै धरापमा पर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले प्रधानमन्त्री ओलीमाथि योजनावद्ध तरिकाले गणतन्त्र र संघीयता सखाप पार्न लागेको आरोप लगाए । उनले भने, ‘ओलीजी संघीयता र गणतन्त्र सखाप पार्ने खेलमा हुनुहुन्छ, उहाँको विकल्प नखोजिए देशमा दुर्घटना हुन्छ ।’

प्रधानमन्त्री ओलीका कारण राजनीतिक दलप्रति वितृष्णा बढेको बताए । ओली सरकारलाई असक्षम भन्दै त्यसको दोष सिंगो राजनीतिक सिस्टमलाई दिन थालिएकोमा सचेत हुनुपर्ने बताए । उनले भने, ‘एउटा व्यक्तिको गल्तीको दोष सिंगो सिस्टम हुनसक्दैन । त्यसैले गल्ती गर्नेको विकल्प खोजिहाल्नुपर्छ ।’ उनले प्रधानन्त्री ओलीले तत्काल सत्ता छाड्नुपर्ने माग गरे ।

पछिल्लो समय राजावादीको प्रदर्शनमा सत्तापक्षकै संलग्नता देखिएको टिप्पणी गरे । नेकपाको झगडाले गणतन्त्र र संघीयताका विरोधीहरुले टाउको उठाउन थालेको बताए । अहिलेको राजनीतिक अवस्थाको जिम्मेवारी ओलीले लिनुपर्ने उनको भनाई थियो ।

राजपा छिट्टैैै सरकारविरुद्ध आन्दोलनमा जान लागेको झाले बताए । यसबारे नेपाली काँग्रेससँग पनि छलफल बढेको र मिलेर जान सकिने बताए । उनले भने, ‘अब हामी गणतन्त्र र संघीयताको रक्षाका लागि सरकारविरुद्ध आन्दोलनमा जान्छौं ।’ देशमा भ्रष्टाचार जताततै मौलाएको भन्दै तत्काल सरकारको विकल्प खोजिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्