Logo

नेकपा सचिवालय बैठक सकियो, ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने



काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक चार घन्टा बसेर सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीको पछिल्लो विवादबारे गम्भीर समिक्षा भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बैठकमा पार्टीभित्रको समस्या समाधान गर्नेबारे छलफल केन्द्रित रही नेताहरुले धारणा राखेको जानकारी दिए । उनले पार्टीको अहिलेसम्मको समस्याको निवारण गर्न स्थायी कमिटीमा लगिने बताए । स्थायी कमिटी बैठक भोलिका लागि तय भएको छ । अब दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा जाने निश्चित भएको छ ।



प्रतिक्रिया दिनुहोस्