Logo

सचिवालय बैठक सम्पन्न : अध्यक्षद्धयको प्रतिवेदनमाथि भोली स्थायी कमिटीमा छलफल हुने



मंसिर २०, काठमाण्डौ । सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक भोली बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पूर्वनिर्धारित भोलीको बैठक कायमै राख्ने निर्णय गरेको हो ।

आजको सचिवालय बैठकले विवादसम्बन्धमा निष्कर्ष निकाल्न नसकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । भोली एक बजे स्थायी कमिटी बैठक पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने र त्यहीँ अध्यक्षद्धयको प्रतिवेदन छलफल गरिने श्रेष्ठले बताए ।

पार्टीको संकट निवारणका लागि स्थायी कमिटि बैठक आवश्यक रहेको उनको भनाई छ ।

आजको सचिवालय बैठक अघि प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच एक घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । यसअघि बुधवारको बैठक प्रधानमन्त्री ओलीले बहिष्कार गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्