Logo

चार घन्टा के भयो भन्दा नारायणकाजी नमस्ते गर्दै हिंडे



काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक आज पनि गर्मागर्मी बहसका साथ सकिएको छ । आजको बैठक झण्डै चार घन्टा चल्यो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि चर्को बहस चलेको बुझिएको छ ।

प्रतिवेदनमा दुई अध्यक्षले एक अर्काविरुद्ध आरोपसहितको लिखित विषय उल्लेख गरेका छन् । त्यसमाथि बहस हुँदा आज पनि बैठकमा आरोप प्रत्यारोप भएको बुझिएको छ ।

बैठकमा भोलि बस्ने स्थायी कमिटीमा दुवै प्रस्ताव पेश गरिने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर, चार घन्टाको बैठकमा अरु के के भयो ? भनी प्रश्न गर्दा श्रेष्ठ नमस्कार गर्दै हिंडे । उनले पत्रकारको प्रश्नका खासै उत्तर दिन मानेनन् ।

बैठकमा आज पनि चर्काचर्की भएको बुझिएको छ । प्रधानमन्त्री ओली दुई अध्यक्षको अलग प्रस्तावबारे छलफल अगाडि बढाउन मानेका छैनन् । अध्यक्ष प्रचण्ड भने छलफलमा अगाडि बढाउनुपर्ने पक्षमा छन् । यसले नेकपाभित्र दुई अध्यक्षबीच टकराव बढाएको छ ।



प्रतिक्रिया दिनुहोस्