Logo

राजसंस्था फर्काउन झापाबाट राप्रपाले गर्यो आन्दोलनको शंखघोष



काठमाडौं, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनाको माग गर्दै आन्दोलन शुरु गरेको छ । राप्रपाले झापाबाट आज आन्दोलनको शुरुवात भएको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको माग गर्दै हजारौंको संख्यामा जुलुस निस्किएको छ । राष्ट्रिय झण्डासहित मोटरसाइकलमा हजारौंले प्रदर्शन गरेका थिए ।

यसैगरी, राप्रपा अध्यक्ष कमल थापाले झापाबाट राष्ट्रवादी आन्दोलनको शंखघोष भएको बताएका छन् । उनले हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना होस् भन्ने चाहना राख्नेहरुलाई राप्रपाको छाताभित्र गोलवन्द हुन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्रवादी धारको मूलशक्तिसँग इष्र्या राखेर, त्यसलाई उपेक्षा गरेर लक्ष्य प्राप्त हुँदैन ।’



प्रतिक्रिया दिनुहोस्