Logo

राजधानीमा राजावादीको शक्ति प्रदर्शन



काठमाडौं, २० मंसिर । राजधानीमा राजावादीले आज शक्ति प्रदर्शन गरेका छन् । ठुलो संख्यामा राजावादीहरु राष्ट्रिय झण्डासहित सडकमा उत्रिएका थिए । उनीहरुले राजसंस्थाको पुर्नस्थापनाको माग समेत गरेका छन् ।

प्रदर्शनलाई रोक्न प्रशासनले चेतावनीसहितको सुचना जारी गरेपनि रोकिएन । सरकारले बल प्रयोग पनि गरेन । हजारौंको संख्यामा प्रदर्शनकारीहरु सडकमा देखिएका थिए ।

यसअघि १५ मंसिरमा राजधानीमा राजावादीले प्रदर्शन गरेका थिए । उनीहरुले देशका प्रमुख शहरहरुमा पनि प्रदर्शन गरेका थिए ।

राजावादीको दैनिकजसो प्रदर्शनपछि प्रमुख राजनीतिक दलहरु शतर्क बनेका छन् । उनीहरुले सडकमा बढ्दो लहरप्रति गम्भीरता देखाएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्