Logo

प्रविन बेडवालको स्वरमा पृथ्वी खनालको अभिनय : यस्तो बन्यो ‘दैब तैँले’ (भिडियो)



मंसिर २०, काठमाण्डौ । नेपाल आइडलमा दोस्रो स्थान हात पारेका गायक प्रविन बेडवालको स्वरमा दैब तैँले बोलको गित सार्वजनिक भएको छ । यशोधा महतको शब्दमा करणराज कार्कीको संगीत हरेको गीतमा अर्का गायक पृथ्वी खनालले अभिनय गरेका छन् । अभिनयमा श्रेया राना, शंकरराज कोइराला र दिवाकर थपलियाले पनि साथ दिएका छन् ।

खनालले भिडियोमा निकै मिहिनेत गरेर अभिनय गरेको देखिन्छ भने प्रविनको स्वरमा संगीत संयोजन उत्कृष्ठ रहेको छ । पृथ्वी आफैँ पनि द भ्वाइस अफ नेपालबाट उदायका गायक हुन् ।

हिजो मात्रै प्रविनकै स्वरमा पुण्य कमाउँ बोलको गीत सार्वजनिक भएको थियो । वरिष्ठ संगितकार न्यू बज्राचार्यले संगित भरेको गीत राष्ट्रिय भावनाले भरिएको छ । उक्त गीतको शब्द कमला न्यौपानेले सृजना गरेकी हुन् ।

त्यसैगरी हिजो नै प्रविनको स्वरमा तस्वीर दिलैमा बोलको गीत सार्वजनिक भएको थियो । यो गीतमा शब्द र संगीत बीबी अनुरागीको छ भने गायनमा रचना रिमालले पनि साथ दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्