Logo

वामदेवलाई फेरि प्रस्ताव तर अस्वीकार



काठमाडौं, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई फेरि नयाँ प्रस्ताव आयो । यसपटक उनलाई पहिलोजस्तो उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय, भावी प्रधानमन्त्रीको सुनिश्चिता वा भविष्यमा पार्टी अध्यक्षको उधारो प्रस्ताव आएको होइन बरु पार्टी विवाद मिलाउन नेतृत्व लिने प्रस्ताव आएको हो ।

पार्टीभित्र विवाद चलिरहँदा आज सचिवालय बैठकमा अहिलेको समस्या समाधान गर्न कार्यदल बनाएर जाने प्रस्ताव आयो । त्यस्तो प्रस्ताव गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्इ रामबहादुर थापा बादलले ल्याए । उनले कार्यदलमा वामदेव गौतमलाई संयोजक तोक्ने प्रस्ताव गरे । उनको त्यो प्रस्तावमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक भए ।

ओलीले पनि बादलले भनेको मनासिव माने । तर, वामदेवले यो प्रस्ताव ठाडै अस्वीकार गरे । विगतमा कार्यदलले सहमतिको बुँदा निकालेपनि कार्यान्वयन नभएको सुनाए । उनले त्यस्तो कार्यदल बनाउन पहिलेको कार्यदलको रिपोर्टको विषयमा समेत प्रश्न गरे । उनले भने, म कार्यदलमा बस्दिनँ । यसरी गौतमले कार्यदलको काम छैन मात्र भनेनन् नबस्ने भने ।



प्रतिक्रिया दिनुहोस्