Logo

नेपाल रेलवे कम्पनी लिमिटेडः जग्गा व्यवस्थापनको गुरुयोजना बनाउने तयारी



काठमाडौं, मंसिर २३ । ६ वर्षपछि पुनःसञ्चालनमा आएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनकपुरलगायत रेल स्टेशनहरूमा रहेको जग्गाको व्यावसायिक उपयोग गर्नतिर ध्यान दिन थालेको छ ।

जनकपुर–जयनगरमा रेल सञ्चालन गर्न ब्यूँत्याइएको कम्पनीले आप्mनो स्वामित्वमा रहेका जग्गाको व्यावासायिक लाभ लिन योजना बनाउन लागेको हो ।कम्पनीको सम्पत्तिको खोजबिन गरी अभिलेख गर्ने र त्यस्ता सम्पत्तिलाई व्यावसायिक रूपमा कसरी प्रयोग गर्ने भन्ने विषय यकिन गरिने कम्पनीको भनाइ छ ।

कम्पनीले चालू आर्थिक वर्ष २०७७र७८ को कार्ययोजना अमलेखगञ्ज–रक्सौल रेलमार्गको साबिकको सम्पत्ति उपयुक्त व्यावसायिक प्रयोगका लागि उपयोग गरिने जानकारी दिएको छ । चालू आवको पहिलो चौमासिक प्रगति प्रतिवेदनअनुसार कम्पनीले रेलवेसँग रहेका ऐतिहासिक स्टिम इन्जिन तथा भौतिक संरचनाको संरक्षण गरिने उल्लेख रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्