सर्वदलिय बैठक (फोटोफिचर)


काठमाडौं, २३ मंसिर । सर्वदलिय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनितिक दलका शिर्ष नेताहरु सहभागी छन् ।

देशमा राजावादीको प्रदर्शन बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका हुन् । बैठकमा गणतन्त्रमाथि आएको चुनौतीको सामना गर्ने मुख्य एजेन्डा रहेको बुझिएको छ ।

बैठकमा प्रधानमन्त्री कपी शर्मा ओली, नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा, नेकपाका अध्यक्ष पुप्पकमल दाहाल प्रचण्ड, नेकपाका नेता बामदेव गौतम, पुर्व सभामुख सुवास चन्द्र नेम्वाङ, नेपाली काग्रेसका नेता कृष्ण सिटौला, वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपाका नेता झलनाथ खनाल लगायत नेताहरुको सहभागीता रहेको छ ।

फोटोः मुकुन्द कालिकोटे / रिपोटर्स नेपाल

Skip This

Omoda E5 Pro