Logo

खुल्ने भयो मनकामना मन्दिर, केबुलकार पनि आइतबारबाट सञ्चालन हुने



काठमाडौं, २३ मंसिर । मनकामना मन्दिर २८ मंसिरबाट खुल्ने भएको छ । कोरोना भाइरसको जोखिमपछि लकडाउनसँगै मन्दिर बन्द भएकोमा खुल्न लागेको हो ।

मन्दिरसँगै मनकामना केबुलकार पनि सञ्चालनमा आउने भएको छ । आइतबारबाट केबुलकार र मन्दिर खुल्न लागेको हो । आज बसेको मनकामना विकास समितिको बैठकले मनकामना खोल्ने निर्णय गरेको जनाइएको छ । मनकामना मन्दिर दर्शनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अनुसार कार्यविधि बनाएर व्यवस्था गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्