Logo

समताकी अस्मितालाई आइग्लोनमा पढ्ने अवसर



काठमाडौं, मंसिर २५ । संसारकै राम्रो र महँगो स्कूलमा पढ्ने रहर कसलाई नहोला र ? धनी परिवारका छोराछोरीले पैसाकै बलमा भएपनि महँगो स्कुलरकलेज ताक्छन् तैपनि सबैले अवसर पाउँदैनन् । त्यसमाथि गरिबका छोराछोरीले त झन् कसरी कल्पना गर्नु ? संसारकै महँगो र उत्कृष्टमध्येको एक अन्तर्राष्ट्रिय कलेजमा नेपालबाट एक विपन्न परिवारकी छोरीले पढ्ने अवसर पाएकी छन् ।

उनी हुन् चितवनकी १५ वर्षीया अस्मिता अधिकारी । उनले स्विट्जरल्यान्डको आइग्लोन कलेजमा चार वर्षका लागि निःशुल्क छात्रवृत्तिमा पढ्ने अवसर पाएकी हुन् । जोन कर्टेलले १९४९ मा स्थापना गरेको उक्त कलेज संसारकै विशिष्ट कलेजमध्येमा गनिन्छ ।

भारतीय अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले समेत त्यहीं पढेका थिए । नेपालबाट व्यापारी उपेन्द्र महतोकी छोरीले मात्रै त्यहाँ पढ्ने अवसर पाएकी छन् । अब अस्मिता पनि त्यही कलेजमा जाँदैछिन् जहाँ वार्षिक एक करोडभन्दा बढी शुल्क लाग्छ ।

पढाइ र प्रतिस्पर्धामा अब्बल भएका कारण अस्मिताले उक्त कलेजमा निःशुल्क पढ्ने अवसर पाइन् । समतामा सय रुपैयाँ शुल्कमा पढेकी उनले वार्षिक एक करोड शुल्क लाग्ने कलेजसम्मको यात्रा तय गरेकी छन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्