Logo

सलमान खान र रोहित शेट्टी फेरि सँगै काम गर्लान् ?



एजेन्सी, २५ मंसिर । रोहित शेट्टी मसाला फिल्म बनाउनमा खप्पिस छन् । उनलाई दर्शकहरुले कस्तो फिल्म हेर्न चाहान्छन् भन्ने राम्रोसँग ज्ञान छ । त्यसैले उनका सबै फिल्म सुपरहिट हुन्छन् । रोहितको कुनै महान फिल्म बनाउने त शोख छैन । उनको लागि सफलता त्यही हो उनका फिल्मसँग जोडिएका सबै मानिसहरुले पैसा कमाएका हुन्छन् ।

अर्का तथा सलमान खान एक यस्ता स्टार हुन् । जसले दर्शकलाई मसाला फिल्म देखाउन चाहान्छन्् । उनले ‘मास’ का सितार जस्ता पछिल्ला केही वर्षमा ब्लकबस्टर फिल्म दिएका छन् ।

यी दुई रोहित र सलमान खानले एउटै फिल्म बनाउने हो भने कति हिट होला यो त सोच भन्दा पनि सफल हुनेछ । उनीहरुले यही कुरा सोचेर सँगैकाम गर्ने खबर बाहिर आएको छ । सलमानले एक अन्र्तवार्तामा रोहितसँग फिल्ममा काम गर्न चाहेको बताएका थिए । सलमानले भनेपनि उनीहरुबीच फिल्मको योजना भने तय भएको छैन ।

रोहित हाल एक राम्रो स्क्रिप्टको खोजीमा छन् । जसले सलमान खानको स्टारडमलाई न्याय दिन सकोस् । तर त्यस स्क्रिप्टले पनि उनीहरुको खोजी भने सकिने छैन् । फ्यानहरुले रोहित र सलमान खानले एउटै फिल्ममा काम गर्ने र बक्स अफिसमा धमाका मच्चाउनेमा आशावादी छन् ।



प्रतिक्रिया दिनुहोस्