Logo

काठमाडौँ–दिल्ली उडान पुस २ देखि



काठमाडौं, मंसिर २६ । कोरोना सङ्क्रमण नियन्त्रण स्वरूप चैत ४ देखि स्थगित नेपाल–भारत उडान आउँदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न सहमति जनाएका हुन् ।

आफ्ना नागरिकलाई मात्र सीमित सङ्ख्यामा उडान सुविधा दिने यो नीति अन्तर्गत नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय नागरिकलाई मात्र सेवा उपलब्ध गराउनेछन् ।

दुवै देशबीच पुस २ देखि उडान सञ्चालन गर्ने सहमति भएको छ । जस अनुसार नेपालबाट नेपाल वायु सेवा निगम र भारतका तर्फबाट एयर इन्डियाले नेपाल उडान गर्नेछ । उक्त उडान हरेक दिन काठमाडौँदेखि दिल्लीसम्मको हुनेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्