Logo

अनुष्का–विराटको आज तेस्रो विवाहउत्सव



एजेन्सी, २६ मंसिर । विराट कोहली र अनुष्का शर्माले आज विवाहको तेस्रो वर्ष मनाउदै छन् । विराट र अनुष्काले यो विशेष अवसरमा सुन्दर तस्वीर पोस्ट गरेका छन् । यस तस्वीरमा अनुष्का विवाहको भेषमा विराटलाई हेर्दे हेर्दै मुस्कुराएकी छिन् ।

यो तस्वीरलाई सेयर गर्दै विराटले लेखेका छन्, ‘३ वर्ष र जीवन भर एक साथ’ । यो पोस्ट गर्दै विराटले एक मायालु इमोज पनि लगाएका छन् । अनुष्काले पनि विराटसँगको एक रोमान्टिक तस्वीर सेयर गरेकी छिन् । यस तस्वीरमा उनले लेखेकी छिन्, ‘३ वर्ष कति चार्डै बित्यो ।’ २०१७ को डिसेम्बरमा यो जोडी विवाह बन्धनमा बाधिएका थिए ।

फ्यानहरुले यो जोडीलाई विरुष्काको नाम दिएका थिए । विराट र अनुुष्काको इटलीमा विवाह भएको थियो । यो वर्षको विवाहउत्सव पनि विशेष छ यो वर्ष नै अनुष्काले बच्चाको जन्म दिदैछिन् ।



प्रतिक्रिया दिनुहोस्