मंसिर २६, काठमाण्डौ । नेपाली क्रिकेट टिममा पूर्व कप्तान पारस खड्कालाई कोरोना सङ्क्रमण देखिएको छ । खड्काले फेसबुक पोस्टमार्फत् संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । उनी घरमै सुरक्षित रूपमा दुई दिनदेखि आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।
यससँगै उनले चितवनमा भोलिदेखि हुन गइरहेको गौतम बुद्ध कपमा खेल्न नपाउने भएका छन् । मंसिर ३० गतेसम्म हुने प्रतियोगिता तीन टिमका सहभागिता रहेको छ । जसमा बागमती, नारायणी र राप्ती टिमले एक अर्कासँग खेल्नेछन र शिर्ष २ टिमले फाइनल खेल्ने भएका छन । सहभागिता तीन टिममा बागमतीको कप्तानी ज्ञानेन्द्र मल्ल, नारायणीको पारस खड्का र राप्तीको कप्तानी बिनोद भण्डारीले गर्ने पक्का भइसकेको थियो । तर खड्कालाई कोरोना संक्रमणपछि उनी आवद्ध टिम कमजोर हुने भएको छ ।




प्रतिक्रिया