Logo

कार्टुनमा स्टीकर लगाउने तयारीमा विभाग



काठमाडौं, मंसिर २८ । २०६२ सालदेखि विदेशमा स्टीकर छपाइको जिम्मा दिने गरी बोलपत्र आह्वान गर्ने क्रमको शुरुआत भएको हो । पछिल्ले सयम आन्तरिक राजस्व विभागमा स्टीकर छपाइको काम प्रभावित हुँदा विभागसँग अन्तःशुल्क मौज्दात कम हुँदै गएपछि अहिले बोतलमा लगाउन स्टीकर कम भएकाले कार्टुनमा लगाउने व्यवस्था गर्न लागिएको छ ।

२०१६ मा छापिएको स्टक रित्तिँदै गएपछि विभागले यो विकल्प अघि सारेको हो । विदेशबाट छपाइ गरेर ल्याएको अन्तःशुल्कजस्तै नेपालमा छपाइ नहुने भएकाले यो विकल्प अघि सारिएको विभाग स्रोतले बतायो ।

त्यसो त, स्टीकरको मौज्दात सकिँदै जाँदा विकल्पका रूपमा राजस्व विभागले जनक शिक्षा सामग्री केन्द्रलाई स्टीकर छपाइको जिम्मा दिएको थियो । उसले दैनिक रूपमा ५० लाख थानका दरले स्टीकर छापिरहेको छ । जनक शिक्षाले करीब ७ करोडको हाराहारीमा विभागलाई उपलब्ध गराउने तयारीसमेत गरिसकेको केन्द्रका अधिकारीहरूले बताएका छन् ।

जनक शिक्षाका महानिर्देशक महेशप्रसाद तिमिल्सिनाले चालू वर्षभित्र ७० करोड थान स्टीकर छपाइको जिम्मा पाएकाले सोहीबमोजिम आन्तरिक राजस्व विभागको मागअनुसार छपाइलाई तीव्र पारिएको र छापिएका स्टीकर विभागलाई उपलब्ध गराउन थालिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्